११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


अस्पतालको फार्मेसीमा औषधिको अभाव


0
Shares

छुटसहित औषधि बिक्री हुने फार्मेसीमा सामान्य औषधिसमेत नहुँदा विरामी पाँच महिनादेखि बाहिरबाटै चर्को मूल्यमा औषधि किन्न बाध्य छन् ।

गत असार मसान्तदेखिनै औषधि खरिद नहुँदा फार्मेसीमा औषधि नभएको हो ।

दैनिक माग हुने सिटामोल, एसिलक जस्ता सामान्य औषधि पनि नहुँदा विरामीलाई फर्काउनुपर्ने बाध्यता रहेको फार्मेसीमा कार्यरत अहेव रेश्मा लिम्बुले बताइन् ।

अस्पताल प्रशासन र विकास समितिलाई औषधि खरिद गर्न बारम्बार आग्रह गर्दापनि प्रशासनले बेवास्ता गरेको लिम्बुको भनाइ छ ।

सरकारले औषधि किन्न असारमै ३ लाख ९४ हजार रकम निकासा गरेपनि अझै औषधि नकिनिएको हो ।

जिल्ला जनस्वास्थ्य प्रमुख तथा अस्पताल विकास समितिका सदस्य डाक्टर दिग्विजयकुमार ठाकुरले औषधि खरिदमा कमजोरी भएको स्वीकार्दै औषधि किन्ने प्रक्रिया शुरु गरेको बताए ।