११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


काठमाडौंमा फेरि देखियो स्वाइन फ्लु, बच्ने कसरी ?


0
Shares

अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले युवकमा उक्त रोगको भाइरस पुष्टि भएको जानकारी दिए । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिएपनि यसपटक निकै अगाडि देखिएको डा.पुनको भनाई छ । गत फागुनमा पनि टेकु अस्पतालमा दुई व्यक्तिलाई स्वाइन फ्लु भएको पुष्टि भएको थियो ।

उनले भने,–‘अहिले भारतका विभिन्न स्थानमा कडा खालको स्वाइन फ्लु देखिएको छ । त्यसको असर नेपालमा पर्न सक्नेपनि धेरै सम्भवना रहन्छ । त्यसका लागि पनि सजग हुन आवश्यक छ ।’

डेढ हप्ताअघि रुघाखोकी र लामो समयसम्म ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइन फ्लुको शंका लागेर परिक्षणगर्दा भाइरस भएको पुष्टि भएको हो । डा.पुनले शरीरमा प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई सो भाइरसले छिटो प्रभाव पार्ने भएकाले यसको भ्याक्सिन त्यस्ता व्यक्तिलाई समयमै लगाउन सके जोखिमबाट बच्न सकिने बताए ।

खोकी लागिरहने, घाँटी खसखसाउने, १० दिनभन्दा बढी समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु भएको हुन सक्ने भएकाले यस्तो लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

स्वाइन फ्लु सरुवा रोग एकार्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा हिँड्दा मास्क लगाउने, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लु शंका लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिन्छ ।

डा.पुनले पछिल्लो अध्ययनले बढी वायु प्रदूषण भएका देश र शहरमा यसको भाइरस बढी देखिएको बताउँदै काठमाडौंमा बढ्दै गएको वायु प्रदूषणलेपनि सो रोगको जोखिम बढाउन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । रासस