११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


क्यान्सर उपचारका लागि पाँच लाख सहयोग, सबै नेपालीको अनिवार्य स्वास्थ्य बिमा


0
Shares

नेपाल अर्बुद (क्यान्सर) रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको हालै निर्माण सम्पन्न स्मृति भवनको पहिलो र दोस्रो तलाको साँचो हस्तान्तरण कार्यक्रममा उनले क्यान्सरका बिरामीको सहज उपचार होस् भनेर सहयोग रकम थप गर्ने तयारी गरेको बताएका हुन् ।

सरकारले विपन्न एवम् गरिब क्यान्सरका बिरामीका लागि सुरुमा रु ५० हजार सहयोग रकम दिँदै आएकामा यसलाई वृद्धि गरी हाल रु एक लाख दिँदै आएको छ ।

मन्त्री थापाले भने –‘क्यान्सरको उपचार निकै महँगो छ, यसको उपचारमा सहज होस् भन्ने उद्देश्यले सरकारले कम्तीमा रु पाँच लाखसम्म सहयोग पुर्‍याउनुपर्छ भनेर अर्थमन्त्रालयमा प्रस्ताव पठाएका छौँ, अर्थमन्त्रालयले यसलाई स्वीकृत गर्‍यो भने यो सहयोग बिरामीले पाउनेछन् ।’

सरकार सकेसम्म नागरिक बिरामी हुने अवस्था नै नआओस् भनेर प्रयत्नशील रहेको चर्चा गर्दै उनले यसका लागि पूर्वाधारको तयारी, नागरिकको सहभागिता र साझेदारीका काम अगाडि बढाएको बताए ।

‘कडा रोग लाग्दा सबै घरखेत सकिने अवस्था छ, त्यही कुरालाई मनन गरेर देशभरका सरकारी अस्पतालको अवस्था एवम् सेवा सुविधालाई प्रभावकारी र सुदृढ गर्न काम गरिरहेका छौँ’, मन्त्री थापाले भने –‘औषधिपनि सस्तो गर्दै जाने र सरकारको सहयोग वृद्धि गर्न सके बिरामीका परिवारमा आर्थिक संकट उत्पन्न भइ गरिबी बढने अवस्था रोक्न सकिन्छ ।’

मन्त्री थापाले गंगालाल अस्पताल काठमाडौं भएको बताउँदै भेरी अञ्चल अस्पताल नेपालगन्जबाट पनि गंगालाल अस्पताल जस्तै सेवा सुरु गरेको बताए । साथै, उनले जनकपुर अञ्चल अस्पतालबाटसमेत यो सेवाका लागि प्रारम्भिक काम गरेको बताए । मन्त्री थापाले भने –‘क्यान्सर रोगको सेवा दिन गिरिजाप्रसाद कोइरालाको नाममा सञ्चालन गर्ने गरी नेपालगन्जमा क्यान्सर अस्पताल सञ्चालनमा ल्याएका छौँ, पूर्वाञ्चलमा कोसी अञ्चल अस्पताललाई अझै विकास गर्न लागिरहेका छौँ ।’

सरकारी अस्पताल र गैरनाफामूलक अस्पताल विस्तार गरेर थप सेवा गर्दै लैजान सके अहिले भएकै स्रोतबाट पनि चलाउन सक्ने अवस्था रहेको भन्दै मन्त्री थापाले अस्पतालको सेवा सुदृढ गर्ने, बलियो बनाउने र सेवा सस्तो बनाउन सकेमा क्यान्सरको उपचार रु पाँच लाखभन्दा कममै हुनसक्ने बताए ।

भक्तपुर क्यान्सर अस्पतालका लागि आवश्यक प्राविधिक सामग्री एवम् उपकरण किन्नका लागि सरकारका तर्फबाट सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा मन्त्री थापाले क्यान्सर अस्पतालको स्मृति भवन निर्माणमा रु चार करोड सहयोग पुर्‍याउने काठमाडाँै बागबजार निवासी चिनीकाजी श्रेष्ठ र श्रीमती शान्तदेवी श्रेष्ठलाई सम्मान गरेका छन् ।

सबै नेपालीको अनिवार्य स्वास्थ्य बिमा लागु हुने

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमाको कानुनसहितको प्रस्ताव आगामी ७ गते बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको बताउँदै मन्त्री थापाले मन्त्रिपरिषद्ले यसलाई पारित गरेलगत्तै पूर्वाधारको विकासमा लाग्ने र अर्को वर्षदेखि सबै नेपालीको स्वास्थ्य बिमा अनिवार्य लागू हुने बताए ।

मन्त्री थापाले भने –‘स्वास्थ्य बिमा लागू भएपछि प्रिमियम पनि तिर्न नसक्ने अतिविपन्न नागरिकको प्रिमियम सरकारले तिर्छ, बाँकी सबैले परिवारकै बिमा गर्नुपर्छ, त्यसपछि उपचारका लागि मलाई रु एक लाख, रु दुई लाख देउ भन्ने अवस्था आउँदैन, उपचार बिमाले गर्छ ।’ रासस