७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


स्मार्टफोन र स्मार्ट टीभीमा गुगलको नयाँ अत्याधुनिक स्क्रिन, एलजीसमक्ष लगानी प्रस्ताव


0
Shares

गुगलले जैविक प्रकाश उत्सर्जक चिपसहितको (ओएलइडी) फोल्ड गर्न मिल्ने स्क्रिनको निर्माणको लागि उक्त रकम लगाानी गर्न आग्रहसहित प्रस्ताव गरेको ‘इलेक्ट्रोनिक्स टाइम्स म्यागजिन’ले उल्लेख गरेको छ ।

गुगलले यो प्रस्ताव सोमबार (हिजो) एलजी कम्पनीसमक्ष राखेको हो ।

म्यागजिनकाअनुसार गुगलले अब बन्ने स्मार्टफोनको लागि पट्याउन सकिने लचिलो र स्थिर तथा टिकाऊ स्क्रिन निर्माणको लागि गरिने लगानी सुरक्षित हुनेसमेत बताएको छ ।

सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले अहिलेसम्म उसको प्रमुख ग्यालेक्सी स्मार्टफोनहरुमा बंग्याउनमात्र मिल्ने स्क्रिनको प्रयोग गरेको छ ।

त्यस्तै, एप्पल कम्पनीले अब बन्ने आइफोनमा ओएलइडी स्क्रिनको प्रयोग गर्न अनुसन्धान गरिरहे पनि सफल हुन सकेको छैन ।

एलजी कम्पनीले भने गुगलको प्रस्तावमा केहि प्रतिक्रिया नजनाए पनि गुगलले अत्याधुनिक सुविधासहितको फोल्ड गर्न मिल्ने जैविक प्रकाश उत्सर्जक स्क्रिन बनाउन पछि नपर्ने उल्लेख गरेको छ ।

गुगलले नयाँ अत्याधुनिक स्क्रिन स्मार्टफोन र स्मार्ट टीभीमा प्रयोग गर्न मिल्ने गरी बनाउन लागेको हो ।

यो एक प्रकारको कार्बनिक प्रकाश उत्सर्जन गर्ने चिपसहितको पट्याउन सकिने ओएलइडी सिसा हो । यस सिसाको स्क्रिनमा प्रवाह हुने विद्युत्लाई चिपले प्रकाशमा परिवर्तन गरिदिन्छ । जसबाट सिसालाई कागज वा रबरजसरी फोल्ड गर्दा पनि स्क्रिनमा स्पस्ट चित्र देखिन्छ ।

गुगलले ओएलइडी स्क्रिन बनाउन सफल भए हामीले सजिलै कागज वा किताब पट्टाएझैं सजिलै टीभी तथा मोबाइलको स्क्रिनलाई आफू अनुकूल पट्याउन सक्छौं । (एजेन्सी)