
नेपाल स्वास्थ्य अनुसन्धान परिषद २७ औं वर्षमा प्रवेश गरेको अवसरमा दिगो विकास लक्ष्यमा स्वास्थ्यः के हामी सही मार्गमा छौं ? भन्ने नाराकासाथ सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा मुलुकभर स्वास्थ्य र जनसंख्या विषयमा भएका अध्ययन अनुसन्धानमा गहन छलफल गरिने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी अध्यक्ष प्राध्यापक डाक्टर अञ्जनीकुमार झाले जानकारी दिए ।
सम्मेलनमा ६३ वटा अनुसन्धानमूलक क्षेत्रका बारेमा छलफल हुँदैछ । एक हजारभन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका विज्ञहरुको सहभागिता रहने सम्मेलनमा पोषण तथा बालस्वास्थ्य, यौन तथा प्रजनन् र किशोर किशोरीको स्वास्थ्य तथा मानसिक स्वास्थ्य लगायतका विषयहरुमा परामर्श हुनेछ ।
सम्मेलनका निश्कर्षले सरकारलाई नीति निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । सम्मेलनमा भारत, जर्मन, चीनलगायत मुलुकका स्वास्थ्य र जनसंख्या बैज्ञानिकको समेत सभागिता छ ।
सम्मेलनले संघीय संरचनामा मुलुकले दिगो स्वास्थ्यका लागि स्वास्थ्य र जनसंख्याको क्षेत्रमा अबलम्बन गर्नुपर्ने नीतिबारे पनि सरकारलाई सुझाव दिने छ ।
प्रतिक्रिया दिनुहोस्