
वैज्ञानिकहरुले ‘जीजे ११३२ बी’ नामक त्यस ग्रहलाई ‘सुपर अर्थ’ नाम दिएका छन् । जुन पृथ्वीबाट ३९ प्रकाशवर्ष टाढा छ ।
हालै टेलिस्कोपबाट गरिएको एक अवलोकनमा अध्ययनकर्ताहरुले यस ग्रहले आफ्नो तारामन्डलको नजिकैबाट चक्कर लगाइरहेको कारण ‘सुपर अर्थ’को प्रकाश–तरंगहरुमात्र देखिएको उल्लेख गरेका छन् ।
प्रारम्भिक अध्ययनमा ‘सुपर अर्थ’ पृथ्वीभन्दा ठूलो आकारको भएको र पानी तथा मिथेन ग्यास प्रशस्त रहेको उनीहरुले बताएका छन् ।
‘ग्लिसे ११३२ बी’ (जीजे ११३२ बी) नाम गरेको यस ग्रह ब्रह्मान्डको दक्षिणमा रहेको ‘बेला’ तारामन्डलको रातो तारा (रेड स्टार)कोनजिक रहेको छ ।
‘सुपर अर्थ’ पृथ्वीको तुलनामा १.४ गुणा ठूलो आकार र १.६ गुणा बढी घनत्व रहेको वैज्ञानिकहरुले उल्लेख गरेका छन् ।
वैज्ञानिकहरुले यस खोजलाई एक नयाँ आशाकोरुपमा लिएको बताएका छन् ।
‘किले’ विश्वविद्यालयका डा.जोन साउथवर्थले अहिलेसम्म त्यहाँ जीवनको अस्तित्व छ कि छैन भन्ने यकिन नभएका तर त्यहाँको वातावरण पृथ्वीकैजस्तै भएकोले धेरै रहस्य थाहा पाउन बाँकी रहेको बताएका छन् ।
डा.साउथवर्थकाअनुसार पृथ्वीजस्तै वातावरण भएको ग्रह पत्ता लागेको यो पहिलोपटक हो ।
‘ग्लिसे ११३२ वी’ (जीजे ११३२ बी) नाम गरेको ‘सुपर अर्थ’को वरिपरिसमेत पृथ्वीको जस्तै वातावरण रहेको छ ।
‘म्याक्स प्लेन्क इन्स्टिच्यूट फर एस्ट्रोनोमी’का अध्ययनकर्तासहित वैज्ञानिकहरुले चिलीमा रहेको २.२ मिटर इएसओ एमपीजी टेलिस्कोपको सहायताले ‘सुपर अर्थ’बाट परावर्तित प्रकाशको अध्ययन गरेका थिए ।
रातो ताराको नजिकैबाट ‘सुपर अर्थ’ले आफ्नो यात्रा गर्ने भएकोले उक्त ग्रहबाट परावर्तित प्रकाशलाई अध्ययन गर्न समस्या भएको वैज्ञानिकहरुले बताएका छन् ।
यस ग्रहले १.६ दिनमा एकपटक ताराको नजिकबाट यात्रा गर्दा देखिने इन्फ्ररेडलाई अध्ययन गर्दा यसको बाह्य मन्डलमात्रै देखिन्छ ।
वैज्ञानिकहरुले पृथ्वीमाजस्तै बाह्य वायुमन्डल रहेको र त्यसबाट परावर्तित इन्फ्ररेडका कारण यसको आकार ठूलो देखिएको हुनसक्ने अनुमान गरेका छन् ।
‘एआरएक्सआइभी’मा प्रकाशित अध्ययनमा धेरै रहस्यहरु बाहिर आउन बाँकी रहेको, जसले गर्दा यस अध्ययनको महत्व बढ्ने खगोलविद्हरुले उल्लेख गरेका छन् ।
वैज्ञानिकहरुले यस ग्रहमा ७० प्रतिशत सिलिकेट र ३० प्रतिशत धातु रहेको, जसमा २० प्रतिशत पानीसमेत रहेको उल्लेख गरेका छन् ।
डा.साउथवर्थले यस अध्ययनले पृथ्वीजस्तै ग्रहको खोजीमा आफ्नो टिम पहिलो भएको बताएका छन् । उनकाअनुसार यो ग्रह नै जीवन अस्तित्वमा आउने पृथ्वीपछिको दोस्रो ग्रह हुनेछ ।
तर, वैज्ञानिकहरुले ‘सुपर अर्थ’ पृथ्वीभन्दा केहि तातो रहेको उल्लेख गरेका छन् । तातो भएकै कारण यहाँ वर्षाको माध्यमबाट पानीको निर्माण भएको हो ।
वैज्ञानिकहरुले यस सुपर अर्थको अध्ययनका लागि हवल स्पेस टेलिस्कोप र जेम्स वेब टेलिस्कोप प्रयोग गरी थप अध्ययन गर्ने बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्