
काठमाडौं, फागुन १२ । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ ।
विराटनगरस्थित आफ्नै निवासमा पोखरेलको गएराति निधन भएको हो । मस्तिष्कघातबाट पीडित ८६ वर्षीय प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि निधन भएको हो ।
यसअघि उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार गरिएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि उनलाई विराटनगर लगेर स्पार्क अस्पतालमा उपचार गराइरहेकोमा एक्कासी स्वास्थ्य बिग्रिएपछि गत शनिबार श्री अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्यमा सुधार नआएपछि उनलाई घर लगिएको थियो ।
पोखरेलले १३० वटाभन्दा बढी पुस्तक लेखेका छन् । नेपाली भाषामा झर्रोवादी आन्दोलनका प्रणेता, भाषाशास्त्री, अनुसन्धाता, साहित्यकार बालकृष्ण पोखरेलको निधनले साहित्य क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्