
अन्य विकसित देशमा समेत विरलै प्रयोग गरिने यस्तो खालको प्रत्यारोपण विधि अस्पतालका मिर्गाैला रोग विशेषज्ञ डा.दिव्यासिंह शाहको नेतृत्वमा युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका चिकित्सकको टोलीले गत चैत ९ गते सफल प्रत्यारोपण गरेको हो ।
अस्पतालका मिर्गौला प्रत्यारोपण समूहमा डा.शाहको नेतृत्वमा डा.महेशराज सिग्देल, डा.मुकुन्द काफ्ले, डा.मिदान श्रेष्ठ, डा.प्रेमराज ज्ञवाली (विभागीय प्रमुख), डा.उत्तमकुमार शर्मा, डा.पवनराज चालिसे र डा.भोजराज लुइँटेलको नेफ्रोलोजी टोली छन् । जसको अथक मेहनतले यो प्रत्यारोपण सम्भव भएको हो ।
गत चैत ९ गते काठमाडौं सीतापाइलाकी सुलोचना श्रेष्ठको बुबा श्यामकृष्ण श्रेष्ठलाई मिर्गाैला प्रत्यारोपण गरिएको हो । अहिले उनलाई घर पठाइसकिएको अस्पतालले बताएको छ । सुलोचनाको ‘ओ’ रगत समूह र उनको बुबा श्यामकृष्णको ‘ए’ रगत समूह मिलाएर ‘इन्कम्प्याटिबल’ प्रत्यारोपण गराइएको हो ।
प्रत्यारोपणको लागि सुलोचनालाई ‘प्जाज्मा फेरोसिस’ गरी तयार गरिएको थियो । प्रत्यारोपण समूहका सदस्य सर्जन डा.पवनराज चालिसेका अनुसार मिर्गाैला प्रत्यारोपण गर्दा सामान्यतया दिने र लिनेको रगत समूह एकै हुनुपर्छ । हाम्रो देशमा अहिलेसम्म यही आधारमा प्रत्यारोपण हुँदै आएको थियो । फरक रक्त सूमहको मिर्गाैलालाई शरीरको ‘एन्टी बडी’ले सर्पाेट गर्दैन ।
‘फरक रक्त समूहका मिर्गाैलालाई ग्रहण गर्न नदिने शरीरको एन्टी बडीलाई निष्क्रिय पारेर मात्रै यो प्रत्यारोपण गरिन्छ । रक्त समूह नमिल्ने भएकाले प्रत्यारोपण गर्नेमा उच्च दक्षताको जरुरी हुन्छ । लामो समयको तयारीपछि हामीले सफल प्रत्यारोपण गरेका हौँ’– उनले भने ।
मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीले आफ्नै नातेदारबाट मात्र मिर्गौला लिन सक्छ जुन हाम्रो देशको कानुनले सीमा निर्धारण गरेको छ । जसका लागि एकै रक्त समूह हुनुपर्छ । यस्तो अवस्थामा मिर्गौला दिन चाहेर पनि रक्त समूह नमिलेका कारण दिन नसकिरहेका अवस्थामा यस्तो खालको फरक रक्त समूहको प्रत्यारोपणले मिर्गौला रोगीमा नयाँ आशा जगाएको छ ।
अहिले भइरहेको भन्दा केही झन्झटिलो र अलि महँगो विधि भए पनि यसले रक्त समूह नमिलेर डाइलासिसमामात्र बसिरहेका बिरामीलाई प्रत्यारोपण गर्नसक्ने नयाँ बाटो खोलेको छ । डा.चालिसेका अनुसार नातेदारभित्र दाता भेटिए पनि रक्तसमूह नमिलेका कारण प्रत्यारोपण गराउन नपाएकालाई यो प्रविधि नयाँ आशा हो ।
प्रतिक्रिया दिनुहोस्