
अटिजम केयर नेपाल सोसाईटीले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा नेपालमा ३ लाख मानिसमा अटिजमको समस्या रहेको जानकारी दिइयो ।
६४ जना वालवालिकामा १ जनामा अटिजमको समस्या देखा परेको तथ्य पनि कार्यक्रममा राखिएको थियो ।
सो अवसरमा स्वास्थ्य मन्त्री गगन कुमार थापाले नेपालमा अटिजमको समस्या विकराल रुपमा बढिरहेको भन्दै स्वास्थ्य मन्त्रालयले केही गर्न नसकेको बताए ।
कार्यक्रममा अटिजम केयर नेपालकी अध्यक्ष सुनिता मलेगो अमात्यले नेपालमा अटिजम भएका वालवालिकाको संख्या दिन प्रतिदिन बढिरहँदा पनि सरकारी पक्षबाट सहयोग नपाएको गुनासो गरे ।
नेपालमा कति अटिजम पीडित छन भन्ने अध्ययन समेत हुन नसकेको उनको भनाइ थियो ।
अटिजम पीडित बालबालिका एक्लै बस्न रुचाउने, असान्दर्भिक व्यवहार गर्ने, एकै खालको काम गर्न रुचाउने र बोलाउँदा नबोल्ने जस्ता लक्षणहरु हुने पनि चिकित्सकहरुले बताएका छन् ।
गर्भावस्थामा रहँदा संक्रमण हुने समस्याका कारण वालवालिकामा हुने दिमागी क्षमताको कमजोरी नै अटिजम भएको विज्ञहरुको भनाइ छ ।
अटिजम कुनै रोग नभई वालवालिकाको दिमागी क्षमता विकास नुहने समस्या भएकाले अभिभावकले समस्या बुझेर ब्यवहार गर्नुपर्ने सुझाव पनि चिकित्सकहरुले दिने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्