
नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आयोजना गरिने प्रतियोगिताका विजयी सात कविहरुलाई बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो ।
गत वर्षको भूकम्पका कारण कविता महोत्सव आयोजनामा ढिलाइ भएकोले राष्ट्रिय कविता महोत्सव २०७२ र ०७३ का विजेताहरुलाई पुरस्कार प्रदान गरिएको हो ।
सो अवसरमा पुरस्कृत कविहरुले आ–आफ्ना कविता वाचनसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्