
बिहीबार राजधानीमा गैरसरकारी अस्पतालहरुको सगंठनले गरेको गोष्ठीमा अस्पतालमा रहेको फोहोर र अन्य रोगको संक्रमण्काबाट बिरामीलाई कसरी जोगाउन सकिन्छ भन्नेबारे छलफल भएको हो ।
गोष्ठीमा गैरसरकारी अस्पताहरुको संगठनका अध्यक्ष डा. भरत प्रधानले उपचाररत् बिरामीलाई अन्य रोगको संक्रमणबाट कसरी जोगाउने भन्नेबारे छलफल सुरु भएको जानकारी दिएका छन् ।
अस्पतालले सरसफाइमा ध्यान नदिँदा उपचाररत् बिरामीमा संक्रमणको खतरा बढेको गुनासो आएको राष्ट्रिय मिर्गौला रोग अस्पतालका अध्यक्ष डा.ऋषिकुमार काफ्लेले बताए ।
अस्पतालभित्रै हुनसक्ने संक्रमणबाट बिरामीलाई जोगाउन स्वास्थ्य मन्त्रालयले अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्