११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा नवजात शिशु सघन उपचार सेवा सन्चालन


0
Shares

अस्पतालमा विगत एक हप्तादेखि बालरोग विशेष उपचार सेवामा नवजात शिशु सघन उपचार सेवा थप गरिएको उप–क्षेत्रीय अस्पताल डडेल्धुराका अध्यक्ष लक्ष्मण सिंहले जानकारी दिए ।

शिशु सघन उपचार सेवा सन्चालनमा आएसँगै भेन्टिलेटर १, रेडियन्ट वारमर ५ र फोटोथेरापी ३ सहित २४ घन्टे विशेषज्ञ चिकित्सक सेवा उपलब्ध गराइने जनाइएको छ ।

अब जन्मेको २८ दिनभित्रका बाल स्वास्थ्य रोग सम्बन्धित सम्पूर्ण आकस्मिक उपचार जिल्लामै प्राप्त गर्न सकिने भएकाले सर्वसाधारणलाई सहज हुने जनाइएको छ ।