
नेपाली सेना र स्वास्थ्य मन्त्रालयको सहकार्यमा रौतहटको गौरमा यही चैत ८ गतेदेखि सन्चालित ६ दिने निःशुल्क सघन स्वास्थ्य शिविरको बिहीबार निरीक्षणकाक्रममा सेनापति क्षत्रीले शिविरले धेरै सर्वसाधारणलाई लाभ पुर्याएको बताए ।
मोबाइल अस्पतालकोरुपमा रहेको नेपाली सेनाको अत्याधुनिक सुविधा–सम्पन्न शिविरमा उपचार गराउनेमा रौतहटसहित बारा, सर्लाही, मकवानपुर र छिमेकी भारतका सर्वसाधारणसमेत रहेका छन् ।
शिविरमै शल्यक्रिया र भिडियो एक्सरेसहितको सेवा र निःशुल्क औषधिको व्यवस्था गरिएको छ ।
शिविरमा स्वास्थ्य मन्त्रालयबाट खटिएको चिकित्सकहरुसहितको १५० जनाको टोली परिचालित गरिएको छ ।
दुई दिनमा पाँच महिला र चार पुरुषको शल्यक्रिया गरिनुका साथै दुई हजारभन्दा बढीको उपचार गरिएको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्