११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण अब ७५ ओटै जिल्लामा निःशुल्क


0
Shares

मन्त्रालयले परिवार महाशाखाअन्तर्गत् पहिलो चरणमा २० जिल्लामा गर्ने भनिएको प्रजनन स्वास्थ्य मेला बुधबार (हिजो) नुवाकोट जिल्लाबाट सुरु गरेको हो ।

नुवाकोटमा सन्चालन गरिएको उक्त स्वास्थ्य मेलामा २७१ महिलाको स्वास्थ्य परीक्षण गरिएको परिवार महाशाखाका निर्देशक नरेशप्रताप केसीले बताए ।

साथै, पाँच महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि भीआइए टेस्ट स्क्रिनिङ गरी क्रायोथेरापी गरिएको छ ।

निर्देशक केसीकाअनुसार क्रायोथेरापी गरेपछि पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ ।

त्यस्तै, स्वास्थ्यमन्त्री गगनकुमार थापाले प्रजनन स्वास्थ्यसँग सम्बन्धित रहेर भीआइए टेस्ट, भ्यासेक्टोमी, मिनिल्याब, परिवार नियोजनसम्बन्धी परामर्श, पाठेघर खस्ने समस्यासम्बन्धी परामर्शलगायतका सेवाहरु उपलब्ध हुने बताए ।

मन्त्री थापाकाअनुसार बुधबार (हिजो) नुवाकोटबाट सुरु भएको भीआइए टेस्ट स्क्रिनिङ यसै आवभित्र ७५ ओटै जिल्लाबाट सुरु गरिने बताए ।

साथै, उनले थप २० स्थानमा बृहत प्रजनन स्वास्थ्य मेला सन्चालन गरिने बताए ।

मन्त्रालयकाअनुसार आगामी वर्षदेखि क्रमश सबै गाँउपालिका, नगरपालिका र स्थानीय स्वास्थ्य संस्थामा भीआइए टेस्ट स्क्रिनिङ पुर्‍याउने लक्ष्य राखिएको छ ।