
सर्वसाधारणलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले नगरपालिकाका खहरे, हराचौर, सिम र कुडुलेमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको हो ।
स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले केन्द्रको शुभारम्भ गरे । बाग्लुङ नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङको संयुक्त सहयोगमा केन्द्र स्थापना गरिएको हो ।
नगरपालिकाभित्रका पनि दुर्गम बस्तीमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी निःशुल्क सेवा दिन थालिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । केन्द्र सञ्चालन गर्न नगरपालिका कार्यालयको व्यवस्थापन र जनस्वास्थ्य कार्यालयको प्राविधिक एवं औषधि सहयोग छ ।
प्रत्येक केन्द्रमा आधारभूतस्तरका १/१ जना अहेव र अनमी गरी दुई जना कर्मचारीको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्