११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


स्वास्थ्य मन्त्रालय र सेनाको संयुक्त सघन स्वास्थ्य शिविरको तयारी पूरा


0
Shares

स्वास्थ्यमन्त्री गगन थापाले सोमबार (आज) ट्वीटरमार्फत् स्वास्थ्य मन्त्रालय र सेनाको सहकार्यमा आगामी बुधबार रौतहटको गौरमा हुने सघन स्वास्थ्य शिविर (मोबाइल क्याम्प)को तयारी पूरा भएको बताएका हुन् ।

मन्त्री थापाले सोमबार मोबाइल अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मीको टोली कार्यक्षेत्र पुगिसकेको बताएका छन् । साथै, उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकनेसमेत गरेको उल्लेख गरेका छन् ।

उनले रौतहटलगायतका आसपासका जिल्लाबाट स्वास्थ्य सेवा लिन सबैलाई आग्रहसमेत गरेका छन् ।

गत माघ ७ गते मन्त्रालय र नेपाली सेनाबीच तराईका विभिन्न स्थानमा सघन स्वास्थ्य शिविर गर्ने सहमति भएको थियो ।

सहमतिअनुसार मध्यतराईका जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, सिराहा, मकवानपुर र सिन्धुलीलक्षित गर्दै रौतहटको गौरमा शिविर गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

यसअघि, गत फागुन २२ गतेदेखि २८ गतेसम्म गर्ने भनिएको शिविर होलीपर्वका कारण चैत ८ देखि १४ गतेसम्म सन्चालन गर्न लागिएको हो ।