११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


मुख स्वास्थ्य नीति कार्यान्वयन गर्न उपराष्ट्रपतिको आग्रह


0
Shares

नेपाल डेन्टल एसोसिएसनले सोमबार (आज) राजधानीमा गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारले पारित गरिसकेको मुख स्वास्थ्य नीति कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

उपराष्ट्रपति पुनले दुर्गम क्षेत्रमा बस्नेहरुमा मुख र दाँतको समस्या बढी भएको भन्दै दन्त चिकित्सकहरु विदेश पलायन भएकामा पनि गुनासो गरे ।

सुविधा बढाएर भएपनि दन्त चिकित्सकलाई गाउँगाउँमा पु¥याउन उनले सरकारलाई आग्रह गरे ।

त्यस्त,ै दन्त रोग विशेषज्ञहरुले २०७० मै पारित भएको राष्ट्रिय मुख स्वास्थ्य नीति कार्यान्वयन नगरिएकामा गुनासो गरेका छन् ।

दन्त रोग विशेषज्ञ डा. प्रकाश बुढाथोकीले वार्षिक ६ सय दन्त चिकित्सक बजारमा आउने भएपनि राम्रो अवसर नपाउँदा विदेशिन बाध्य भएको बताए ।

दन्त चिकित्सकहरुले सरकारसँग गाउँगाउँमा मुखको समस्याका बिरामी बढिरहेकाले प्राथमिक स्वास्थ्य केन्द्रमा पनि दन्त चिकित्सकको दरबन्दी राख्नुपर्ने बताउँदै दन्त क्षेत्रलाई हेर्न छुट्टै विभाग बनाउन पनि उनीहरुले माग गरेका छन् ।