
जुन पायो त्यहि फिल्म नखेल्ने अमिरलाई अर्का सुपरस्टार अमिताभ बच्चनसँगै पर्दामा देखिने भएपछि फिल्मको चर्चा व्यापक हुन थालेको छ ।
अमिर र अमिताभ दुबै एकैसाथ एउटै फिल्ममा देखिन लागेको यो पहिलोपटक हो ।
लामो समय बलिउडमा काम गरेर सफल भएका दुबै एउटै पर्दामा देखिनुलाई निकै उत्साहकारुपमा हेरिएको छ ।
यशराज फिल्मस्ले निर्माण गरिरहेको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा यी दुबै बलिउड हस्तीहरु एकैसाथ देखिँदैछन् ।
उक्त फिल्मको छायाँकन सुरु भइसकेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि, फिल्मको अभिनेत्रीबारे अझै टुंगो भइनसके पनि श्रद्धा कपुरले अमिरलाई साथ दिने चर्चा चलेको छ ।
बलिउड पन्डितहरुले यी दुई पात्रको भूमिकालाई लिएर अनेक अड्कलबाजी काटेका छन् । उनीहरुले फिल्ममा अमिर खान सरदारको भूमिका र अमिताभ अमिरका बाबुको भूमिकामा देखिने बताएका छन् ।
यशराज फिल्मस्ले यी दुबैको भूमिकाबारे केहि बताएको छैन । तर, अमिर खान भने मराठी सरदारको भूमिकामा देखिने पक्का भएको छ ।
‘ठग्स अफ हिन्दुस्तान’को एउटा मराठी गीत र टीजरसमेत सार्वजनिक भइसकेको छ । अमिरले यहि फिल्मको सिलसिलामा मराठी फिल्म र कथा निकै जोडदार रहने भएकाले आगामी दिनमा मराठी फिल्म बनाउने इच्छा देखाएका छन् । त्यसैले अमिर यतिखेर मराठी भाषा पनि सिक्दैछन् ।
अमिरले यस फिल्ममा अमिताभ र उनी एक सामुद्रिक लुटेराको भूमिकामा देखिने संकेत गरेका छन् । तर, यसबारे आधिकारिक कुरा सार्वजनिक नभएकाले यी दुबैको भूमिकामाथि अनेक अड्कलकाजी गरिएको छ ।
दर्शकले ‘ठग्स अफ हिन्दुस्तान’मा अमिर र अमिताभको फरक भूमिका हेर्न आउँदो वर्षको तिहारसम्म कुर्नुपर्ने हुन्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्