११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


वैज्ञानिकहरु गम्भीरखालको मलेरियाको औषधि बनाउन सफल


0
Shares

कार्डिफ विश्वविद्यालयका शोधकर्ताहरुले तयार गरेको औषधि बनाउने प्रक्रियालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको हो ।

विश्व स्वास्थ्य संगठनकाअनुसार यो विधिले गम्भीरखालका मलेरियाका बिरामीलाई उपचारका लागि कम समय र लागतमा औषधि निर्माण गर्न सकिन्छ ।

केमिष्ट्री जर्नल ‘एंगेवान्डेट केमि’मा प्रकाशित अध्ययनपत्रअनुसार नयाँ विधिले रगतमा मलेरियाको परजीवीहरुलाई सबै चरणमा आक्रमण गरेर काम गर्दछ । यो औषधिको नामाकरण ‘आर्टेमिसिनिन’ गरिएको छ ।

औषधिको बनाउने नयाँ विधि चीनका वैज्ञानिकहरुले सन् २०१५ मा नै ‘आर्टेमिसिया एन्नुवा’ भनिने एक प्रकारको वनस्पतिबाट बनाएका थिए । तर, यसलाई डब्लुएचओले मान्यता दिएको थिएन ।

लामो समयको परीक्षणपश्चात मान्यता पाएपछि विश्वभर पुर्याउन उत्पादन सुरु गरिएको छ ।

रसायन विश्वविद्यालयका प्रमुख प्रा. रोडल्फ एल्लेम्यान्ले नयाँ विधिका औषधि आपूर्तिमा कुनै कमजोरी नहुने र विश्वभर मलेरियाबाट पीडित क्षेत्रमा पठाइने बताए ।

उनले भने–‘यो औषधिले गम्भीरखालका मलेरियाका बिरामीहरुलाई प्रभावकारी हुने भएकोले तीव्ररुपमा उत्पादन भइरहेको छ ।’

उनकाअनुसार यस औषधि उत्पादन गर्न रसायनभन्दा धेरै आर्टेमिसिया एन्नुवा वनस्पतिको प्रयोग गर्नुपर्दछ ।

त्यसैले यो वनस्पति संरक्षण र व्यावसायिक उत्पादनमा ध्यान दिनुपर्ने उनले बताएका छन् ।

नयाँ विधिको औषधि उत्पादन सुत्र पत्ता लगाउन सफल भएसँगै अब जटिल किसिमका मलेरियाका बिरामीहरुको उपचार गर्न सकिने र कम समय र लागतमा औषधि निर्माण गर्न सकिने भएकोले मेडिकल क्षेत्रमा यसलाई नयाँ आयाम मानिएको छ । (एजेन्सी)