२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

टाउकोले टेकेर सिंढी उक्लने व्यक्ति, लीको नाममा विश्व कीर्तिमान


0
Shares

लीले इटालीमा हालै सम्पन्न सातौं ‘लो सो डेइ रेर्कड’मा ३६ ओटा खुड्किला भएको सिंढी टाउकोले टेकेर गिनिज वर्ल्ड रेर्कडमा आफ्नो नाम लेखाएका हुन् ।

उनले यसरी टाउकोले टेकेरे पहिलोपटक सिंढी चढेका भने होइनन् । यसअघि, सन् २०१२ मा ३४ ओटा खुट्किलाको सिंढी चढिसकेका लीले अहिले आफ्नै रेकर्ड तोडेका हुन् ।

लीले सन् २०१२ मा सीसीटीभीको गिनिज वर्ल्ड रेकर्ड शोमा ३४ ओटा खुड्किला भएको सिंढी टाउकोले टेकेर उक्लेका थिए ।

उनले कायम गरेको कीर्तिमानमा टाउकोले टेकेर सिंढी उक्लँदा एक खुड्किलोबाट अर्को खुड्किलोको बीचमा जम्मा पाँच सेकेन्डमात्रै रोकिन पाइन्छ ।

साथै, टाउकोबाहेक शरीरका अरु कुनै अंगले कुनै सहारा लिनसमेत पाइँदैन ।

गिनिज वर्ल्ड रेकर्डले यस कीर्तिमानलाई ली स्वयंबाहेक अरुले तोड्न नसक्ने निकै कठिनकार्य भएको भनी उल्लेख गरेको छ । (एजेन्सी)