
विशेषज्ञहरुकाअनुसार महिलाहरुले आफ्नो जीवनशैली परिवर्तन गरे मुटुरोगको जोखिमबाट बच्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वभर वर्षेनि करिब १ करोड ७० लाख मानिसले मुटुरोगकै कारण अकालमै ज्यान गुमाइरहेका छन् ।
विशेषगरी विकासशील राष्ट्रहरुमा मुटुरोगबाट मृत्यु हुनेको संख्या बढी रहेको छ । विश्ववयापीरुपमा मुख्य स्वास्थ्य समस्याकोरुपमा देखापरेको मुटुरोगले महिला र पुरुष भन्दैन । यो समस्या दुबैमा देखिन्छ ।
वर्ल्ड हार्ट फाउन्डेसनले अमेरिकामामात्रै करिब ४ करोड ३० लाख महिलाहरु मुटुरोगबाट पीडित भएको डरलाग्दो तथ्यांक गत महिनामात्रै सार्वजनिक गरेको थियो ।
यस तथ्यांकले पुरुषको तुलनामा महिलाहरुलाई मुटुरोग बढी रहेको त छैन भन्ने प्रश्न देखापरेको छ ।
माउन्ट सिनाइ स्वास्थ्य प्रणाली मुटु स्वास्थ्य कार्यक्रम न्यूयोर्कका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा.म्यारी एन म्याकलुग्लिनले ‘मेडलाइन प्लस मेडिकल अनलाइन’लाई महिलाहरुले आफ्नो जीवनशैली परिवर्तन गरे मुटुरोगको जोखिमबाट बच्न सकिने बताएका छन् ।
डा.म्यारी एन म्याकलुग्लिनले महिलाहरुले जीवनशैली परिवर्तन गर्न महत्वपूर्ण पाँच सुझाव दिएका छन् ।
१) तनावको परीक्षण
महिलाहरुले अनिवार्य रजनोवृत्ति (मिन्सुरेसन) सुरु भएको १० वर्षपछि स्वास्थ्य तनावको परीक्षण गर्नुपर्दछ । यस्तो परीक्षणमा मुटुरोगबारे पारिवारिक इतिहास, मोटोपनाको समस्या छ/छैन जाँच गरिन्छ ।
यस्तो परीक्षणमा मुटुरोग विशेषज्ञसँगको स्वास्थ्य परामर्शअनुसार शारीरिक अभ्यास गर्नुपर्ने हुन्छ ।
त्यस्तै, उकालो चढ्दा श्वासप्रश्वास फुलेमा वा छातीको चाप बढी भएमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्दछ ।
२) भावनात्मक तनावमाथि नियन्त्रण
महिलाहरुमा पुरुषको तुलनामा भावनात्मक तनावको तह बढी हुन्छ । यस्तो तनाव कम गर्न योगा, मेडिटेसन वा अन्य कुनै मनोरन्जनात्मक कार्यबाट कम गर्नुपर्ने हुन्छ ।
मुटुरोगको कारणमा भावनात्मक तनावको प्रभाव पुरुषको तुलनामा महिलामा बढी हुने गर्दछ ।
३) हृदयघात (हार्ट अट्याक)को लक्षणबारे पूर्वजानकारी
विशेषगरी हृदयघात पुरुषलाईमात्र हुन्छ वा मद्यपान तथा धूमपान गर्नेलाईमात्र हुन्छ भन्ने भ्रमले महिलाहरु मुटुरोगका लक्षणबारे चासो दिँदैनन् । महिलाहरुले पनि हृदयघात तथा मुटुरोगसम्बन्धी लक्षणबारे सचेत भइ निरन्तर मुटुको परीक्षण गर्नुपर्दछ ।
४) मद्यपान (रक्सि)माथि नियन्त्रण
मद्यपानले ‘कोलेस्ट्रोल’ बढाउन मद्दत गर्दछ । यसबाट हृदयघात र स्ट्रोकसमेत हुनसक्छ । महिलालेमात्र नभइ पुरुषलेसमेत मद्यपान (रक्सि)माथि नियन्त्रण गर्नु जरुरी छ ।
५) यात्रामा सावधानी
लामो समयका लागि यात्रा गर्दा प्रर्याप्त पानी पिउने र खुट्टा यताउती चलाइरहनु पर्दछ । यसले मुटुमा रगत सन्चारमा सहयोग गर्नुका साथै ‘ब्लड क्लट्स’ रगतको थप्पा नसामा जम्ने समस्या हुनबाट जोगाउँछ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्