
धादिङ, आगिनथोक–८ घर भएका ६२ वर्षीय वीरबहादुर कामीको बुधबार (हिजो) वीर अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार कामीलाई मुटुमा समस्या देखिएपछि गत फागुन २३ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
जिउ मास्ने–बेच्ने मुद्दामा कामीले केन्द्रीय कारागार डिल्लीबजारमा कैद भुक्तान गरिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्