९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


रणवीर कपुर एक हप्ता जेलमा


0
Shares

तर, उनी त्यस्तो कुनै अपराध गरेर जेल परेका भने होइनन् । उनी अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म खेल्दैछन् ।

आगामी महिनाबाट हुने फिल्मको छायाँकनको लागि तयार हुन वास्तविक जीवनमा जेल बस्दा कस्तो हुन्छ भन्ने अनुभव बटुल्न उनी एक साताका लागि जेल गएका हुन् ।

अभिनेता सञ्जय दत्तले गैह्रकानुनी काम गरेबापत पुणेस्थित यर्वादा जेलमा कैद सजाय भुक्तान गरेका थिए । रणवीरले सञ्जय दत्त बसेको उक्त जेल घुमेपछि जेल बस्ने निर्णय गरेको बताएका छन् ।

उनले आफूले दत्तको वास्तविक जीवनको अनुभव गरेपछिमात्रै फिल्ममा आफ्नो चरित्रमाथि न्याय गर्नसक्ने बताएका छन् । उनले दत्तजस्तै बन्न १३ किलो तौलसमेत बढाएका छन् ।

उनी उक्त जेलबाट बुधबार (भोलि) बाहिरिँदैछन् ।

राजकुमार हिरानीले सञ्जय दत्तको वास्तविक जीवनीलाई लिएर ‘बायोपिक’ फिल्म बनाउने घोषणा गरेपछि बलिउड प्रेमी र दत्तको प्रशंसकमाझ चर्चाको विषय बनेको छ । (एजेन्सी)