१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


वायु प्रदूषणबाट स्वास्थ्यमा पर्ने असर कम गर्न भिटामिन ‘बी’ प्रभावकारी : अध्ययन


0
Shares

गत सोमबार कोलम्बिया विश्वविद्यालयको मेलम्यान जनस्वास्थ्य स्कुलले अध्ययनपत्र सार्वजनिक गर्दै वायु प्रदूषणबाट स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई कम गर्न भिटामिन बी प्रभावकारी हुने तथ्य सार्वजनिक गरेकोे हो ।

अध्ययनको नेतृत्व गरेकी जीयाझोंगकाअनुसार भिटामिन बीमा हुने फोलिक एसीड, भिटामिन बी–६ र बी–१२ लेसमेत वायु प्रदूषणबाट पर्ने प्रभावलाई कम गर्दछ ।

अध्ययनअनुसार वातावरण प्रदूषणले विशेषगरी मानवीय ‘जीन’ परिवर्तन गरिदिने डीएनए मेथैलेसन, मुटु तथा नसासम्बन्धी रोग र क्यान्सरजस्ता गम्भीर स्वास्थ्य समस्या देखिन्छ ।

झोंगले वातावरण प्रदूषणले धेरै स्वास्थ्य समस्याहरु देखिने बताउँदै यसबाट जोगिन प्रदूषणबाट जोगिनुपर्ने र व्यक्तिगतरुपमै रोग लाग्न नदिन सचेत हुनुपर्ने अध्ययनमा उल्लेख गरेकी छन् ।

उनले भनिन्–‘हाम्रो अध्ययनले वायु प्रदूषणबाट हुने गम्भीर प्रकारका रोगहरु विशेषगरी जीन परिवर्तन गरिदिने डीएनए मेथैलेसन, मुटु तथा नसासम्बन्धी रोग र क्यान्सरबाट जोगिन नियमित भिटामिन बी प्रयाप्त खानुपर्ने सल्लाह दिन्छौं ।’

अध्ययनकर्ताहरुले परीक्षणको लागि १० जना सहभागीहरुलाई दैनिक भिटामिन बी, बी–६ र बी–१२ (२.५ मिलिग्रामफोलिक एसिड) खुवाइएको थियो ।

चार हप्ताको परीक्षणपछि नतिजामा भिटामिन बी खाएका व्यक्तिको तुलनामा नखाएकेलाई ७६ प्रतिशतले वायु प्रदूषणको जोखिम कम भएको अध्ययनमा उल्ल्ेख छ ।

झोंगले अध्ययनको निस्कर्ष भिटामिन बी सिधै सेवन नगरी भिटामिन बी प्राप्त हुने खानेकुरा बढी सेवन गर्नुपर्ने बताएकी छन् ।

उनले भनिन्–‘हामी कसैलाई पनि सिधै भिटामिन बी चक्की खान सल्लाह दिँदैनौं, तर भिटामिन बी प्राप्त हुने खानेकुरा भने दैनिक प्रशस्त खान आग्रह गर्छौं ।’

अध्ययनका लेखक तथा मेलम्यान स्कुलका वतावरणीय स्वास्थ्य विज्ञान प्रमुख प्राध्यापक एन्डे«य बक्केयरल्लीले अझैपनि विश्वभर ठूला–ठूला सहरहरुमा वायु प्रदूषणको समस्या बढ्दै जानु दुर्भाग्यपुर्ण भएको बताए ।

उनले भने–‘वायु प्रदूषणबाट बच्न प्रदूषणको नियन्त्रण तथा उचित विर्सजन गर्नुपर्छ र ती क्षेत्रमा बसोबास गर्ने मानिसहरुले प्रशस्त भिटामिन बी प्राप्त हुने खानेकुराको सेवन गर्नुपर्दछ ।’

सो अध्ययनमा अनुसन्धाताकोरुपमा हार्वड टी एचचान जनस्वास्थ्य स्कुल स्वीडेन, चीन, सिंगापुर, मेक्सिको र क्यानडाका चिकित्सकहरु संलग्न थिए ।

यस अध्ययनलाई अमेरिकाको नेसनल एकेडेमीअफ साइन्सेस जर्नलमा प्रकाशित गरिएको छ । (एजेन्सी)