१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


विशेषज्ञ उपचार सेवा शुरु भएपछि अस्पताल आउनेको संख्या बढ्यो


0
Shares

दैनिक ५०/६० जनासम्म मात्र बिरामी आउने अस्पतालमा विशेषज्ञ उपचार सेवा सुरु गरिएसँगै सेवाग्राहीको संख्यामा वृद्धि भएको हो । यो अस्पतालमा अहिले दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउन थालेका छन् ।

अस्पतालले स्त्रीरोग, बालरोग, हड्डी तथा दाँतको उपचार सेवा शुरु गरेको छ । विशेषज्ञ उपचार सेवा शुरु भएपछि सबैभन्दा बढी गर्भवती तथा सुत्केरी महिला लाभान्वित भएको अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले जानकारी दिए ।