१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


३० जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने


0
Shares

सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख डा. भीम आचार्यले चैत ५ देखि ७ गतेसम्म २५ जिल्लामा र बाँकी ५ जिल्लामा चैत १७ देखि १९ गतेसम्म औषधि खुवाइने जानकारी दिए ।

लामखुट्टेको टोकाइबाट सर्ने यस रोगलाई सन् २०१८ सम्ममा नियन्त्रण गरिसक्ने योजना बनाइएको छ ।

सन् २००३ देखि हात्तीपाइले रोगको औषधि खुवाउन सुरु गरिएको थियो । हाल ६१ जिल्लामा हात्तीपाइलेको किटाणु रहेको इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

दुई वर्ष नपुगेका बालबालिका र गर्भवती, सात दिनसम्मका सुत्केरी, छारेरोगी तथा सिकिस्त बिरामीलाई भने औषधि नखान सुझाइएको छ ।

औषधि सेवनपछि कसैलाई ज्वरो आएजस्तो हुने, टाउको दुख्ने, रिंगटा लाग्ने वाकवाकी लाग्नेजस्ता असर देखिने हुँदा लामो समयसम्म पनि निको नभए चिकित्सकको सल्लाह लिन आग्रह गरिएको छ ।

३० जिल्लाका एक करोड मानिसलाई औषधि खुवाउने लक्ष्य लिइएको छ । जसका लागि ४० करोड रकम छुटाइएको जनाइएको छ ।