९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बाहुबली–२ को पोस्टर सार्वजनिक, बाहुबलीलाई किन कटप्पाले मारे ! (पोस्टरसहित)


0
Shares

बहुप्रतिक्षित चलचित्र ‘बाहुबली–२’ दर्शकहरुका लागि उत्सुकताको विषय पनि बनेको छ । कटप्पाले बाहुबलीलाई किन मारे भन्ने विषय नै यो चलचित्रको उत्सुकताको केन्द्र हो ।

बाहुबली–२ को पोस्टरमा यो उत्सुकतालाई नै केन्द्रीत गरिएको छ । पोस्टरको एक तस्वीरमा कटप्पाको हातमा बाल्यावस्थाको बाहुबलीलाई देखाइएको छ भने अर्को तस्वीरमा कटप्पाले बाहुबलीलाई तरबार प्रहार गरेको दृष्य देखाइएको छ ।

आफैंले हुर्काएको, स्नेह गरेको र भगवानसरह आदर गरेको बाहुबलीलाई कटप्पाले आखिर किन मारे ? आम दर्शकका लागि यो नै कौतुहलताको विषय बनेको हो ।

निर्देशक एसएस रामामौलीले पोस्टरलाई सोशल मिडियामा सेयर गर्दै भनेका छन्, ‘जुन बच्चलाई उसले पालन–पोषण गर्‍यो, उसैलाई उसले मा¥यो !’

सोसल मिडियामा ‘कटप्पाले बाहुबलीलाई किन मार्‍यो’ भन्ने प्रश्न निकै चर्चित छ ।

बाहुबली हेर्नेबित्तिकै दर्शकको मनमा उठेको यो प्रश्न आजसम्म पनि अनुत्तरित छ । चलचित्र युनिटका अनुसार यो प्रश्नको जवाफ केवल तीनजनालाई थाहा छ । अभिनेता प्रभाष, निर्देशक राजामौली र कथाकारलाई मात्र यसबारे पूर्ण जानकारी छ ।

चलचित्र प्रदर्शन हुनु अगावै यो रहस्य नखुलोस् भनेर निर्देशक राजामौलीले नै यो रहस्यका सम्बन्धमा चारवटा क्लाइमेक्स छायांकन गरेका छन् । यी चारमध्ये कुन क्लाइमेक्सलाई चलचित्रमा राख्ने भन्नेबारे अझै निधो नभएको बताइन्छ ।


चलचित्रको सम्पूर्ण छायांकन पुरा भएपछिमात्र क्लाइमेक्सका बारेमा निर्णय लिइने निर्माण पक्षले जनाएको छ ।

यो चलचित्र २८ अप्रिल २०१७ मा प्रदर्शन हुनेछ । चलचित्रको ट्रेलर भने १६ मार्चमा रिलिज गरिने छ ।