
मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बच्न अपनाउनुपर्ने उपायबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।
यसैबीच दिवसको अवसरमा मानव अंग प्रत्यारोपण केन्द्रले राजधानीको टुंडिखेलमा एक कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पतालमा आगामी वैशाख १ गतेदेखि मृर्गौला प्रत्यारोपणलाई निःशुल्क बनाइने बताए ।
उनले काठमाडौंभन्दा बाहिरका नागरिकले मृगौलाको डाइलासिस गर्न काठमाडौंसम्मै धाउनुपर्ने व्यवस्थाको अन्त्य गरिने र प्रत्येक अञ्चल अस्पताललाई डाइलोसिसका लागि स्रोत साधन जुटाउने तयारी भइरहेको बताए ।
स्वास्थ्य मन्त्री थापाले अस्पतालको संख्या मात्र बढाएर रोगको निदान नहुने भएकाले सवैले आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्ने बताए ।
यसअघि केन्द्रले बसन्तपुरबाट र्याली निकालेको थियो । र्याली विभिन्न ठाउँको परिक्रमापछि टुंडिखेलमा पुगेर सभामा परिणत भएको थियो ।
नेपालमा २५ लाखभन्दा बढी मानिसमा मिर्गौलासम्बन्धी केही न केही रोग रहेको अनुमान छ ।
मिर्गौला रोग लाग्नबाट जोगिन प्रशस्त पानी पीउन, धुमपान र मध्यपान नगर्न, शारीरिक व्यायाम गर्न र खानपानमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्