१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


मिर्गौला रोगीमा अनेक समस्या, निःशुल्क डायसासिस सेवा ‘गफै मात्र’(भिडियो)


0
Shares

-प्रज्ञा तिमल्सिना, ईमेज

सरकारले मिर्गौला पीडितका लागी निःशुल्क डायलासिस र मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराउने निर्णय गरेसँगै मिर्गौला रोगी निकै खुसी भएका छन् । तर राजधानी बाहिर डायलासिस गराउने व्यवस्था कम हुँदा पीडितलाई समस्या हुने गरेको छ ।

त्यसको प्रत्यक्ष उदाहरण हुन सात वर्षदेखि मिर्गौला रोग पीडित प्युठान घर भएकी सावित्री केसी । प्युठान जिल्लामा डायलासिस सेवा नहुदाँ सात बर्ष भयो काठमाडौंमा कोठा भाडामा लिएर बसेको ।

साना छोरा छोरी, कमाउने श्रीमान मात्र जसका कारण उनलाई सरकारले दिएको निशुल्क डायसासिस सेवा पनि प्रभावकारी हुन सकेको छैन् ।

काठमाडौको महंगीमा बसेर डायलासिस सेवा लिंदा झन खर्च थपिएको बताउछिन् । सरकारले निःशुल्क गर्ने भनी सेवा त ल्यायो तर सबै तिर डायलासिस सेवा नहुँदा काठमाडौं बस्नु परेको गुनासो गर्छिन् ।

वैदेशिक रोजगारीको गएको समय मिर्गौला रोग लागेको मिन कुमार मगरको कथा पनि खासै भिन्न छैन् ।

मिर्गौला रोग लागेकै कारण उनले घरमा दुई छोरा छोरी छाडी काठमाडौँ बस्न थालेको डेढ बर्ष भयो । सबै तिर डायलासिस सेवा नहुँदा उनि छोरा छोरी छाडेर काठमाडौंमा कोठा भाडामा लिएर बस्न् थालेको बताउंछन् ।

मिर्गौला रोगका विरामीले बढीमा हप्तामा तिन पटक सम्म डायलासिस गराउनुपर्छ । तर ७५ जिल्लामा डायलासिस सेवा नहुदा धेरै विरामी काठमाडौं आउनु पर्ने बाध्यता छ ।

जसका कारण हजारौं मिर्गौला पीडित विरामी परिवार छोडेर नै काठमाडौमा बस्न थालेको बताउँछन् । काठमाडौंमा बस्न पनि कहाँ सजिलो छ र मिर्गौला पीडित विरामी हो भन्ने थाहा पाए पछि कोठा पाउन नै समस्या ।

नेपाल सरकारले मिर्गौला पीडित विरामीको लागी हप्तामा तीन पटकसम्म डायलासिस सेवा निःशुल्क गरी दिने भरी कार्यक्रम त ल्याएको छ, तर सबै तिर डायलासिस सेवाको व्यवस्था नै नपुर्‍याईकन यो सेवा सुरु गर्दा धेरै विरामीले डायलासिस सेवा नपाएको चिकित्सकहरु नै स्विकार गर्छन् ।

मिर्गौला प्रत्यारोपण प्रत्यारोपण नगराउने विरामीले आजीवन हप्तामा तीन पटकसम्म डायलासिस गराउनुपर्छ ।रगत शुद्ध गराउने कृतिम विधि हो डायसिस । मिर्गौलाको कार्य क्षमता कमजोर हुँदा शरीरको विषादी बाहिर निस्कन सक्दैन ।

क्रइटिनिन युरियालगाएका विषादीको मात्रा शरीरमा बढेपछि मेसिनको सहायताले रगत सफा गरिन्छ । रगतमा संकलित विषादी हटाउन पानी तथा मिनरल्स सन्तुलन बढाउन मिर्गौलाले काम नगर्ने अवस्थालाई फेलियर भनिन्छ ।

नेपालमा मिर्गौला रोगीको संख्या वर्षेनी बढ्दै गएको छ । विरामीले मिर्गौला फेल नभएको थाहा पाउँदैन्, कुनै लक्षण भने नदेखिने अन्तिम अवस्थामा मात्र थाहा हुने हुँदा मिर्गौला परिक्षण गराई रहन चिकित्सकहरुले सुझाव दिन्छन् ।

हाल वार्षिक ३ हजार मानिसको मिर्गौला फेल हुने गरेको चिकित्सकहरुले बताएका छन् । जसमा १५ सयले मात्र डायलासिस गराइरहेका छन् ।

मधुमेह,उच्च रक्तचाप र धेरै पेन किलर औषधि खानेमा मिर्गौला रोगको सम्भावना उच्च हुने चिकित्सकहरु बताउँछन् ।

३० बर्ष उमेर कटेकाले वर्षको एक पटक मिर्गौलाको परीक्षण गर्नुपर्ने हुन्छ । कम तौल भएर जन्मेका बालबालिकामा मिर्गौला रोगको सम्भावना उच्च हुुने चिकित्सकहरु बताउँछन् ।

मिर्गौला रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउनु जरुरी छ । त्यसै सबै तिर डायलासिस सेवा पुर्‍याएर विरामीलाई थप राहत दिन सरकारले पहल चाल्नु आवश्यक रहेको छ ।