२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

बन्दुक पड्काउन र बम बनाउन हामीले सिकाएको हो र ?: लालबाबु पण्डित (भिडियो हेर्नुहोस)


0
Shares

हालै नेकपा एमालेले संचालन गरेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको राजविराजमा भएको घटना र समसायिक राजनीतिक घटनाक्रमका बारेमा इमेज च्यानलको ‘इमेज संवाद’मा पत्रकार जगदिश खरेलले गरेको कुराकानीको अंश :

अभियान सुरु गर्नुपूर्व सप्तरीको घटनाको संकेत वा आभाष तपाईहरुलाई थियो कि थिएन् ?

हामीलाई चाहीं कुनै संकेत थिएन् । तर राजविराजमा केही अशान्त हुनसक्छ भन्ने थाहा थियो । गैर राजनीतिक क्रियालाप हुनसक्छ भन्ने आभाष पनि थियो । तर यस्तो क्रियाकलाप हुन दिनु हुँदैन भन्नेमा हामी प्रतिबद्ध थियौं ।

पूर्व संकेत हुँदा हुँदै झगडा निम्ताउँन, युद्ध निम्ताउँन, मृत्यु निम्त्याउन किन सभा लिएर जानु भएको त ?

एउटा कुरा के हो भने, कसैले मेरो ठाउँमा नआउनु, मेरो मात्र ठाउँ हो यहाँ मैले आतंकपूर्ण वातावरणपूर्ण निम्ताउन सक्छु त्यसकारण मं सँग चाहीं तपाईहरु शान्तिपूर्ण पनि नआउनु भन्न मिल्छ ? नेकपा एमाले नेपाल भित्र गएको हो की नेपाल बाहिर ? एमाले राजनीतिक संस्कारले गएको हो की गैर राजनीतिक संस्कारले ? त्यसैले राजनीतिक संस्कार सिकाउन र विग्रेको संस्कारलाई हामीले प्रजातान्त्रिक संस्कारबाट सुधार्नुपर्छ ।

संविधान संशोधन र निर्बाचनका कुरा उठिरहेको बेला अर्थात दलहरुबीच कुरा नमिलिरहेको असहजका बेला अभियान लिएर नगएको भए हुने थिएन ?

एउटा कुरा के हो भने सून्यता छाडेर, नेपालको कुनै ठाउँ आतंकपूर्ण रहन सक्छ र ? गैर राजनीतिक पूर्ण क्रियाकिलाप गर्न पाइन्छ ? सबै कायर भएर एकठाउँमा थुप्रिन सकिदैन् ।

अभियान लिएर जाने यतिबेलाको समय उपयुक्त त पो थिएन की ?

नेकपा एमालेले दुई महिना अघि नै समय घोषणा गरेको हो । यदि हामी निहुँ खोज्न मात्र गएको भए राजवीराजको रंगशालामा कार्यक्रम गर्न सक्दथ्यौं । तर तीन किलोमिटर टाढा औद्योगिक क्षेत्रमा कार्यक्रम गरेका हौं । डराएर सारेका होइनौं । सहरका विचमा र सुरक्षाका दृष्टिले मात्र सारेका हौं ।

तपाईहरुको आमसभाका कारणले आज मधेसी जनताको मृत्यु त भयो नी ?

आमसभाले गर्दा होइन । राजनीतिक पार्टीले राजनीतिक रुपमा चल्न बाटो विराएका कारणले जनताको मृत्यु भएको हो । हजारौं मधेसका पुत्रहरु सभामा सहभागी थिए । तर कुनै पुत्रले पेट्रोल बम बोकेर आउँछ भने कसैले प्रहरीको बन्दुक खोस्छ र आफूलाई बहादुर ठान्छ भने कसैले कुनै गतिविधि नगरे हुन्छ । यसैलाई वा अराजकतालाई लोकतन्त्र भन्ने हो भने यो लोकतन्त्र हुन्छ ?

एमाले अध्यक्ष केपी ओलीले मधेसी नेतालाई गाली गर्नुभयो रे उहाँहरुको मागप्रति एमाले निर्दयी भयो भन्ने आरोप छ नी ?

तराई मधेसका केहीले बहुराष्ट्रियताको मान्यता राखेर, मधेसलाई टुक्राउँछु भनेर गतिविधी गर्दा त्यो तराई–मधेसको हुने अनि देशको सार्बभौमिकताको रक्षा गर्छु र निर्बाचन प्रणालीमार्फत जनताको प्रतिनिधी चुन्ने व्यवस्था गर्दा मधेसको नहुँने ?

यो तनावपूर्ण अवस्थालाई अब कसरी मिलाउने ?

प्रधानमन्त्रीले बार्ता बोलाउनु पर्छ । टेबुलमै बसेर मिलाउने हो । आतंकपूर्ण क्रियाकलाप छोड्नुपर्छ । बन्द-हड्ताल छाड्नुपर्छ । निर्बाचन रोक्ने कुरा ल्याउनु हुँदैन र संशोधनको प्रक्रियाको माग यसमा जोड्नु हुँदैन् । संविधान शंसोधनको कुरालाई हाम्रो फरक मान्यता छ । एमाले सबैधानिक प्रक्रियामार्फत संसोधनको प्रक्रियामा बाधक कहिल्यै बन्दैन् । हामी राजनैतिक संवाद मार्फत सबै समस्याको समाधान हुन्छ ।

(पूरा अन्तरबार्ता भिडियोमा हेर्नुहोस)