
द्वन्द्व निर्देशक एनबी महर्जनले निर्देशन गरेको चलचित्रमा नवनायिका पूर्णिमा लामादेखि करिश्मा मानन्धरसम्मको अभिनय रहेको छ ।
चलचित्रको टिजरमा नायिका पूर्णिमा लामा बोल्ड अवतारमा देखिएकी छन् । रेलिमाईपछि प्रदर्शनमा आउन लागेको पूर्णीमाको दोस्रो चलचित्र हिरोजले उनलाई थप चर्चामा ल्याउने अपेक्षा गरिएको छ ।
हिरोजमा पूर्णिमा लामा, करिश्मा मानन्धरका साथै मुकेस ढकाल, संजोग राणा, दिनेश डीसी, जय किसन बस्नेत मुख्य भूमिकामा रहेका छन् ।
युवराज लामा, संजोग राणा र द प्लाम ग्रुपको संयुक्त लगानी रहेको चलचित्रमा शंकर महर्जनको द्वन्द्व तथा कमल राई, कविराज र रामजी लामिछानेको नृत्य निर्देशन छ ।
तारा थापा किम्भेले सम्पादन गरेको चलचित्रलाई शिव ढकालले खिचेका हुन् ।
जय लक्ष्मी फिल्मस् र लाईफ रेस मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको रिलिज डेट भने तय भएको छैन ।
यद्यपि, निमार्ण पक्षले सामाजिक कथा वस्तुमा बनेको यो चलचित्र चाँडै नै प्रदर्शनमा आउने जनाएको छ ।
रिलिज डेटको पर्खाइमा रहेको चलचित्र हिरोजलाई २०७४, साउन भित्रमा दर्शकमाझ लैजाने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्