
पानीको अभावका कारण हप्तौंदेखि प्लास्टिक ड्रममा राखेको पानी पिउनुपर्ने बाध्यताका कारण झाडा–पखला फैलिएको दाबी गरिएको छ ।
एकै गाउँका १८ जना बिरामी भएपछि उनीहरुलाई सदरमुकामस्थित जिल्ला अस्पतालमा पुर्याएइको छ भने थप ४० जना बस्तीमै रहेका छन् ।
भूकम्पमा काम गर्न आएको एउटा गैरसरकारी संस्थाले झाक्रेखोला मुहानबाट पानी ल्याएर गत हप्तामात्रै एक हजार लिटर क्षमताका १२ ओटा काला ड्रमहरु बस्तीका विभिन्न स्थानमा राखिदिएको थियो । स्थानीयवासीले विगत एक हप्तादेखि सोही ड्रमको पानी पिउँदै आएका थिए ।
प्रमुख जिल्ला अधिकारी उमेश ढकालले प्रदूषित पानीको कारण पत्ता लगाइ कारबाही गरिने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्