
करुणा फाउन्डेसन र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्तरुपमा राजधानीमा कार्यक्रम गरी यो दिवस मनाएका हुन् ।
कार्यक्रममा नेपालमा कति संख्यामा अपांगता भएका शिशु जन्मिने गरेका छन् भन्ने एकीन तथ्यांक नभएको भन्दै जन्मजात हुने अपांगतामा कमी ल्याउन अभियान नै सन्चालन गर्नुपर्नेमा जोड दिइएको थियो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. खेम कार्कीले जन्मजात हुने अपांगता कम गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताए ।
खेतबारीमा किटनासक औषधि प्रयोग गर्ने महिलाबाट जन्मिने शिशुमा अपांगता देखिने भन्दै उनले सचेतनामूलक कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिए ।
सन् २०१४ मा १० ओटा अस्पतालमा नेपालमा कति संख्यामा जन्मजात अपांगता भएका शिशु जन्मिने गरेका छन् भन्नेबारे अध्ययन गरिएको थियो ।
जसमा ८० हजार जीवित जन्मिएका शिशुमा ३ सय ३१ जना अपांगता भएका शिशु जन्मिने गरेको पाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्