
-राजन कुईंकेल
गत बुधवार १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भयो । नेपालको हवाई दुर्घटनाको इतिहासमा बहालवाला मन्त्री नै हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको यो सम्भवतः पहिलो घटना हो । यसअघि २०६३ साल असोज ७ गते ताप्लेजुङकै घुन्सामा श्री एयरलाईन्सको एम आई सेभेन्टीन हेलिकप्टर दुर्घटना हुँदा तात्कालीन वन राज्यमन्त्री गोपाल राई, वातावरण संरक्षण क्षेत्रका दिग्गज व्यक्तित्व डा.हर्क गुरुङसहित २४ जनाको मृत्यु भएको थियो ।
बुधवार ताप्लेजुङको पाथिभराबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर पाथिभरा मन्दिरभन्दा डेढ किलोमिटर पर फुङलिङ नगरपालिका–१० काफ्लेपाटी भन्ने स्थानको डाँडोमा ठोक्किएर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकारीका साथै चालक प्रभाकर केसी, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, पर्यटन व्यवसायी एवं एयर डाइनेष्टिका संचालक आङछिरिङ शेर्पा, प्राधिकरणका ईञ्जिनियरिङ विभागका प्रमुख ध्रुव भोछिभोया र मन्त्री अधिकारीका सुरक्षागार्ड अर्जुनकुमार घिमिरेको निधन भएको हो ।
एकपछि अर्को हुँदै आएका यस्ता दुर्घटनाले नेपालको आन्तरिक हवाई उडान असुरक्षित रहेको सन्देश संसारभर फैलँदै गएकामा सबै नेपाली चिन्तित छन् । घरेलु हुन् वा अन्तर्राष्ट्रिय उडानका क्रममा रहेका विमान दुर्घटनामा प्रायःजसो सबै मानवीय गल्ती/त्रुटी अर्थात् (
प्रतिक्रिया दिनुहोस्