
ललितपुर, फागुन २० । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ ।
जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलोपटक निर्माण गरेको ‘नेपालीस्याट–१’ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो ।
यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी वैशाखमा प्रक्षेपणको तयारी भनेपनि गते निश्चित गरिएको थिएन ।
‘करिब ४०० किलोमिटरमाथि आकाशबाट भूउपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढेको छ’–नास्टका उपकुलपति सानोबाबु श्रेष्ठले भने–‘त्यसका लागि नास्टको कार्यालयमा विभिन्न योजना निर्माणको काम भइरहेको छ ।’
भूउपग्रह निर्माणबाट विगतमा नेपालले लिने गरेका विभिन्न तथ्य तथा तथ्यांक संकलनमा खर्च हुने रकम जोहो हुने भएको छ । नेपालले भावी दिनमा आफ्नै पहलमा सम्पूर्ण जानकारी लिन सक्नेछ ।
सो भूउपग्रहको माध्यमबाट अन्य देशले प्रक्षेपण गरेको अर्काे भूउपग्रह नजिक पर्दा त्यसबाट पनि थप सेवा लिन सकिने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्