७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


विश्वमै सर्वाधिक बिक्री भएको फोनको नयाँ संस्करण ल्यायो नोकियाले


0
Shares

सन् २००५ मा बन्द हुनुअघि यसको १२ करोड ६० लाख युनिट बिक्री भइसकेको थियो । कम्पनीले यो मोडेलको मोबाइलको नयाँ संस्करण बजारमा ल्याएको हो ।

विशेषज्ञका अनुसार नोकियाले यो ब्राण्ड पुनः बजारमा ल्याएर आफ्नो प्रभाव र साखलाई फर्काउन खोजेको छ । ‘नोकिया ३३१०’ सेट बलियो हुनका साथै सर्पको खास खेलका लागि परिचित थियो ।

नोकियाको ब्राण्ड फिनल्याण्डको स्टार्टअप कम्पनी एचएमडीसँग छ । एचएमडीले ३३१० को नयाँ संस्करणका साथ तीन नयाँ एन्ड्रोयड फोन पनि बजारमा ल्याएको छ ।

प्राविधिक विशेषज्ञहरुका अनुसार एचएमडीले नयाँ एन्ड्रोयडमात्र बजारमा ल्याएको भए अखबारमा एक कोलममा समाचार बन्दथ्यो होला तर ३३१० मोडलका कारण अहिले उसले मिडियामा भरपुर कभरेज पाएको छ ।

३३१० फिचर फोन मै सीमित राखिए पनि यसमा सीमित इन्टरनेट सेवा उपलब्ध छ । यो एस ३० प्लस अपरेटिङ सिस्टमबाट चल्छ र यसमा ‘२.५ जी’को कनेक्टीभीटी छ ।

फोनमा २ मेगापिक्सलको क्यामेरा पनि छ । यो फोनको विशेषता ब्याट्री नै हुनेछ जसले लगभग एक महिनाको स्ट्याण्डबाइ समय दिनेछ । एक पटक चार्ज गरेपछि २२ घण्टासम्म कुरा गर्न मिल्ने गरी ब्याट्री टिक्ने कम्पनीको दाबी छ ।