
गायक स्वयमकै शब्द शृजनामा सुनिल माष्केले कम्पोज गरेको गीतको एरेन्ज सचिन सिंहले गरेका छन् ।
विशाल भण्डारीले निर्देशन गरेको भिडियोमा पछिल्लो समयकी चर्चित अनि ब्यस्त नायिका केकी अधिकारीसँग मोडल पुष्पल खड्काले अभिनय गरेका छन् ।
युवा वर्गलाई लक्षीत गरेको रोमान्टिक शैलीको गीतले हरेक प्रेमी मनहरुलाई प्रभाव पार्न सक्ने आशा गायक शिवाकोटीले लिएको बताए ।
उनले भने, ‘प्रेममा पर्दाको समयमा जो कोही पनि उत्साहित हुन्छ र आफ्नो प्रेमका कारण उसले संसार जितेको अनुभुती गर्छ’, मैले पनि त्यही कुरालाई उठाउन खाजेको छु ।’
अर्जुन तिवारीले छायांकन गरेको गीतको भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् । गीतको अडियोलाई भाइब्स क्रियसनले तयार गरेको हो भने बजार ब्यबस्थापन पनि भाइब्सले नै गरेको छ ।
प्रतिक्रिया दिनुहोस्