१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


बाँडेगाउँमा निःशुल्क आँखा शिविर


0
Shares

लालीगुराँस बोर्डिङ स्कुलसँगको सहकार्यमा संस्थाले निःशुल्क आँखा शिविर सन्चालन गरेको हो ।

शिविरमा तिलगंगा आँखा केन्द्रका चिकित्सक तथा प्राविधिकहरुले आँखा जाँच गरेका थिए । शिविरमा बाँडेगाउँका स्थानीय, त्यहाँका विद्यालयका छात्राछात्रले आँखा जाँच गराएका थिए ।

शिविरमा तीन सयभन्दा बढीको आँखा जाँच र निःशुल्क औषधि वितरण गरिएको नेपाल ज्येष्ठ जनसमाजले जनाएको छ ।

आँखा जाँच गर्दा शल्यक्रिया गर्नुपर्ने देखिएका बिरामीलाई तिलगंगा आँखा केन्द्रमा उपचारको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।