९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रेम जोडीका लागि मलिना र विकासले देखाइदिए दमदार डान्स(भिडियो)


0
Shares

भिडियोमा नायिका तथा पूर्व मिस नेपाल मलिना जोशी र मोडल विकास लामिछानेको आकर्षक नृत्य देख्न सकिन्छ । यो गीतमा र्‍यापर गिरिश खतिवडाले समेत आफ्नो र्‍याप दिएका छन् । भिडियोमा पनि गिरिशलाई फिचरिङ् गरिएको छ ।

‘यो गीत हरेक प्रेम जोडीले हेर्नैपर्ने बनेको छ, आशा छ मेरो नयाँ गीतले यसपटकको भ्यालेन्टाइन उल्लासमय बनाउन सहयोग गरेको छ’ गायक वाग्ले बताएका छन् । वाग्ले डान्सरहरुले छुटाउनै नहुने भिडियो रहेको समेत बताए ।

मिशन इन्टरटेन्मेन्टको प्रस्तुतीमा रहेको गीतमा शुरेस अधिकारीको संगीत तथा राचल शर्माका शब्द छन् । गीतको भिडियोलाई रुद्र बोहराले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन छ । कोरियोग्राफर दिपेन्द्र शाही ठकुरी हुन् ।