१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


विरामीको मृत्युभएपछि विजयपुर अस्पतालमा तोडफोड, चिकित्सक कारबाहीको माग


0
Shares

पेट दुखेपछि धरान–१७ रेल्वेबाट आफैं मोटरसाइकल चलाएर उपचारका लागि आएका ३० वर्षीय अमित जोशीको शल्यक्रियापछि आज बिहान २ बजे मृत्यु भएको थियो ।

बिरामीको मृत्युपछि आफन्तले विजयपुर अस्पताल तोडफोड गरेका हुन् । अस्पतालमा तनाव सिर्जना भएपछि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

आफैं मोटरसाइकल चलाएर आएका विरामीको मृत्यु हुनुमा चिकित्सकको चरम लापरबाही भएको आरोप मृतकका आफन्तले लगाएका छन् ।

उनीहरुले लापरबाही गर्ने अस्पताल र चिकित्सकलाई हदैसम्मको कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

विजयपुर अस्पताल प्रशासनले भने शल्यक्रिया गरेकै कारण अमितको मृत्यु नभएको बताएको छ ।