
बेइजिङ, फागुन २२ । नयाँ प्रविधि आविस्कारमा अग्रणी मुलुकमध्ये एक मानिएको चीनले चालकरहित रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ । आगामी वर्षभित्र चीनले २०० किलोमिटर प्रतिघण्टको रफ्तारमा गुड्ने चालकरहित रेल सञ्चालन गर्ने तयारी गरेको हो ।
यस्तो योजना सीआरआरसी झुझोउ कम्पनीले तयार पारेको हो ।
चुम्बकीय शक्तिका आधारमा यो रेल नियन्त्रण हुने जनाइएको छ । नयाँ प्रविधियुक्त उक्त रेलमा सुरक्षासम्बन्धी पूर्ण प्रवन्ध गरिएको कम्पनीका अध्यक्ष झोउ किंघेको भनाइ छ ।
चीनले सन् २००२ मै माग्लेभ प्रविधिको रेल विकास गरेको हो । यो चुम्बकीय शक्तिमा आधारित प्रविधि हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्