
आइतबार साँझ उपचारका लागि आएका बुटबल–१५ बेलबासका लीलबहादुर गुरुङको उपचारमा स्वास्थ्यकर्मीले बेवास्ता गरेको जनाउँदै डा. सलाउद्दिन मियाँलाई बिरामीका आफन्तले हातपात गरेको अस्पतालले जनाएको छ ।
गुरुङका छोराले चिकित्सकलाई झापड हानेको र आकस्मिक सेवामा रहेका स्वास्थ्यकर्मीलाई गाली–गलौज गरेको चिकित्सकले बताएका छन् ।
घटनाको विरोध गर्दै सेवा अवरुद्ध बनाइएपछि उपचारमा आएका बिरामी अलपत्र परेका छन् ।
चिकित्सकले दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै सेवा अवरुद्ध बनाएका हुन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र सञ्जेलले घटनाका विषयलाई लिएर दुबै पक्षबीच वार्ता भइरहेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्