
गायन क्षेत्रमा ख्याति कमाइ सकेका नरेनलाई निर्माता सुनिल रावलले लाउरेका लागि अनुबन्धित गरि सम्झौता समेत गरेका छन् ।
निगम श्रेष्ठको निर्देशनमा बन्ने चलचित्र लाउरेमा नरेनका अलावा श्रृष्टी श्रेष्ठ, विक्रम सिंह, मिरुना मगर, सुमन चित्रकार लगायतका कलाकारहरुको अभिनय रहने छ ।
यस भन्दा अगाडि चलचित्र जेरीको एउटा गीतमा देखीएका नरेन अब भने लाउरेमा एउटा बलियो भूमिकामा देखिदै छन् ।
गायन क्षेत्रमा स्थापित भइसकेका नरेन अभिनयको क्षेत्रमा पनि स्थापित हुन्छु भन्ने आत्मविश्वासका साथ लाउरेमा अभिनय गर्न लागेको नरेनले बताए ।
यस चलचित्र निर्माणमा सुनिल रावललाई जापानमा व्यवसाय गर्दै आइरहेका सुवास लामिछाने, ईश्वर श्रेष्ठ र तुफान गौचनले सघाएका छन् ।
आलोक शुक्लाको छायांकन रहने लाउरेमा जेशन कुँवर (नाइट व्याण्ड)को संगीत र प्रडक्सन म्यानेजरका रुपमा बुद्धीलाल मगर रहने छन् ।
चलचित्रलाई चैत्र १५ देखी काठमाडौं, धरान र दार्जिलिङ छायांकन हुने जनाइएको छ । नरेनलाई निर्देशक हेमराज बिसीले एउटा गीतमा फिचरिङ गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्