१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


नयाँ मानसिक स्वास्थ्य नीति बन्दै : मन्त्री थापा


0
Shares

शुक्रबार राजधानीमा मनोचिकित्सहरुको छैटौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री थापाले वरिष्ठ चिकित्सक डा. किरण रेग्मीको संयोजकत्वमा गठित समितिले मानसिक स्वास्थ्य नीतिको मस्यौदा तयार गरिरहेको जानकारी दिए ।

मन्त्री थापाले पछिल्लो समय मानसिक रोगीहरुको सख्या बढ्दै गएपनि उपचार गर्ने जनशक्ति र अस्पतालको कमी रहेको भन्दै अब बन्ने मानसिक स्वास्थ्य नीतिले सबैलाई समेट्ने बताए ।

कार्यक्रममा निराशा, तनाव, जीवनशैलीमा असन्तुलनजस्ता कारणले धेरै मानसिक रोगबाट पीडित हुनेको संख्या बढेको मनोचिकित्सक सरोज ओझाले जानकारी बताए ।