२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

झापाका करिब ८५ बस्ती बाढी तथा डुबानको जोखिममा


0
Shares

झापा, असार २२ । झापाका आधा दर्जन स्थानीय तहका करिब ८५ वटा बस्ती बाढी र डुबानको उच्च जोखिममा रहेको एक तथ्याङ्कले देखाएको छ ।

रेडक्रस सोसाइटी झापाले निकालेको तथ्याङ्कअनसार झापाको कन्काई, बिरिङ, रतुवा, मेची, निन्दा, हडिया, टाङटिङ र कमल–बनियानी नदीले आसपासमा रहेका ती बस्ती बाढीको उच्च जोखिममा रहेका हुन् ।

वर्षाको समयमा बढी क्षति पु¥याउने नदी यिनै भएकाले यो आसपासका बस्ती जोखिममा रहेको रेडक्रस जिल्ला सभापति लोकराज ढकालले जानकारी दिए ।

झापाको कमल, गौरीगञ्ज, झापा, कचनकवल, बाह्रदशी गाउँपालिका र शिवसताक्षी नगरपालिका क्षेत्रबाट भएर यी नदीहरु बगेका छन् । कन्काई नदीको बाढीका कारण मात्र यस वर्ष २४ वटा बस्ती जोखिममा देखिएको छ भने बिरिङ नदीको बाढीका कारण १३ वटा, नेपाल–भारतको सिमाना भएर बग्ने मेची नदीका कारण १२ वटा र दुहागढीको तेलियाडाँडा, मिलडाँडा र टाङटिङ खोलाका कारण दुई दर्जन बढी बस्ती जोखिममा परेका हुन् ।