९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘जय जय नेपाल’मा स्टार कलाकारको ‘ओहिरो’(भिडियो)


0
Shares

तर नेपाली चलचित्र क्षेत्रमा दुई दशकसम्म राज गरेका महानायक राजेश हमाल देखि अरु थुप्रै कलाकार पछिल्लो समय म्यूजिक भिडियोमा ब्यस्त देखिन थालेका छन्।

महानायक हमालले गीतकार आलोक चाम्लिङ्ग राईका शब्द शृजनामा गायक सि.डी. बिजय अधिकारी र मनिषा राईद्धारा स्वरबद्ध राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘जय जय नेपाल’को भिडियोमा अभिनय गरेका हुन् ।

प्रवासमा रहेर पनि गीत संगीतको क्षेत्रमा सक्रिय गीतकार राईका शब्दमा गायक स्वयमले नै संगीत भरेका हुन् ।

rajesh1

पछिल्लो समयका ब्यस्त अनि चर्चित निर्देशक सशान कँडेलले निर्देशन गरेको राष्ट्रिय गीतको भिडियोमा महानायक हमालसँगै चर्चित कलाकारहरु सरोज खनाल, नवल खड्का, सरिता लामिछाने, एलिसा राई, लगायत कलाकारिता, पत्रकारिता, गीत संगीतमा सक्रिय दुई दर्जन बढीको अभिनय देख्न सकिन्छ ।

राजिव सिंहले एरेन्ज गरेको गीतको अडियो सिडिएम म्यूजिक क्रियशनले तयार गरेको हो । सिर्जन बरालले कोरियोग्राफी गरेको गीतको भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।