
-प्रज्ञा तिमल्सिना, ईमेज
अस्पताल नजिकै दिनहुँजसो हुने सभा सम्मेलन र राजनीतिक भाषणको मारमा अस्पताल पुगेका बिरामी पर्ने गरेका हुन् ।
काठमाडौंको केन्द्रमै रहेका वीर अस्पताल र ट्रमा सेन्टरमा पुग्ने बिरामी ध्वनी प्रदूषणका कारण झन मारमा पर्ने गरेका छन ।
अस्पताल नजिकैको टुंडिखेल, खुलामञ्च र बसपार्कबाट आउने ठूलो ध्वनीका कारण बिरामीलाई सास्ती हुने गरेको हो ।
अस्पताल नजिकै दिनहुँ जसो हुने सांस्कृतिक र राजनीतिक कार्यक्रमबाट निस्कने ठूलो ध्वनीले चिकित्सकहरुलाई मात्र होइन बिरामीलाई झनै बिरामी बनाउने गरेको छ ।
वीर अस्पतालको नाक कान घाँटी विभागका प्रमुख डा. ढुण्डीराज पौड्यालले सभा÷समारोह र सवारी साधनबाट निस्कने ध्वनीले हाल अस्पतालमा आउने ५० प्रतिशत विरामीलाई नकारात्मक असर पारिरहेको बताए ।
मानिसको शरीरले ६० डेसिवलसम्मको ध्वनी सुन्न सक्छन् तर सवारी साधनबाट निस्कने ध्वनी एक सय डेसिवलसम्म हुन्छ भन्ने सभा समारोहबाट निस्कने ध्वनी ८० डेसिवल भन्दा बढी हुन्छ ।
अस्पताल नजिकै हुने ठूला–ठूला कार्यक्रम र सवारी साधनबाट निस्कले आवाजले बिरामीमा चिटचिटपन हुने, झर्को मान्ने, सुन्ने शक्ति कम हुँदै जाने जस्ता समस्या देखिने डा. पौडेलको भनाइ छ ।
अस्पताल वरिपरी ध्वनी प्रदूषण गर्न पाईँदैन । तर वीर अस्पताल र ट्रमा सेन्टरको हकमा भने यो नियम कुनै लागु भएको छैन् । सरकार आफैंले सञ्चालन गर्ने ठूला कार्यक्रम र सभा सम्मेलनबाटै उच्च ध्वनी प्रदूषण भइरहेको छ ।
चाहे त्यो कुनै पार्टी विशेषको महाधिवेशन होस् वा राजनीतिक दलका चर्का भाषण नै किन नहोस् । त्यस्तै विभिन्न सांस्कृतिक कार्यक्रम र पर्व मेला पनि अस्पताल नजिकैको ठाउँमा गरिन्छ । जसले अस्पताल वरिवरीको ध्वनी प्रदूषणलाई उच्च बनाउँदै लगेको छ ।
यी दुई ठूलो सरकारी अस्पतालमा विरामीको चाप पनि उतिकै छ । ध्वनि प्रदूषण बढ्दै गएकाले स्वास्थ्य मन्त्रालयले वहिरोपन नियोजक आयोग ल्याउन प्रस्ताव गरेको छ ।
संवेदनशील क्षेत्रमा ५० डेसिवल र अस्पतालको कोठामा ३५ डेसिवलभन्दा बढी ध्वनी हानिकारक मानिन्छ । तर, पछिल्लो सर्वेक्षणअनुसार अस्पतालको वाहिरी क्षेत्रमा ८५.५ डेसिवल र अस्पतालभित्र ७५.५ डेसिवल रहने गरेको देखिएको छ ।
मानिसले न्यूनतम् २६ डेसिवल ध्वनी सुन्न सक्छ भने ६० डेसिवल भन्दा बढी ध्वनी स्वास्थ्यका लागी हानिकारक मानिन्छ ।
तर हाल राजधानिमा १ सय डेसिवल सम्म ध्वनी प्रदुषण भइरहेको छ । ८० डेसिवलभन्दा वढि ध्वनि प्रदूषण भए मानिसको ज्यानसमेत जानसक्ने विशेषज्ञहरु बताउँछन् ।
सरकारले वीर अस्पताल नजिकैको खुलामञ्चमा बसपार्क सारिदिएको छ । दैनिक हजारौं गाडि ओहोर दोहोर हुने बसपार्कका कारण वीर अस्पतालमा चौबीसै घण्टा ध्वनी प्रदूषण हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्