
उक्त प्रतिस्पर्धा इमेज च्यानलबाट अब हरेक बिहीबारबाट बेलुका ८ः२० मा प्रसारण हुने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।
प्रतियोगितामा जजको भूमिकामा भने चर्चित अभिनेता दायाहाङ राई, अभिनेत्री ऋचा शर्मा र कलाकार अनुप बराल छन् । देशको कुनाकाप्चामा लुकेर रहेका अभिनयका प्रतिभा प्रस्फुटित गराउने उद्देश्यले सुरु भएको प्रतिस्पर्धा १३ सातासम्म चल्नेछ ।
बिहीबार प्रसारण हुने पहिलो एपिसोडमा अडिसन राउण्डका झलकहरु देखाइने आयोजकले जनाएको छ । अडिसनबाट छानिने ५० जना प्रतिस्पर्धीलाई टप २५, टप १५, टप ८ हुँदै विजयी छानिने आयोजक संस्थाकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले बताइन् ।
अडिसनबाट छानिएका प्रतिस्पर्धीहरुलाई अनुप बराल, विक्रम परियार, देव न्यौपाने, दिया मास्केलगायतले प्रशिक्षण दिनेछन् ।
प्रतियोगिताको विजेताले चलचित्र, म्युजिक भिडियो, विज्ञापन लगायतमा अभिनय गर्ने अवसर दिइनुका साथै नगद पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमका शृंखलाहरु इमेज खबरको आधिकारिक युट्युब पेजमा पनि हेर्न सकिने छ । यसका लागि दर्शकहरुले https://www.youtube.com/c/Imagekhabarchannel लिंकमा गएर इमेज खबरको युट्युब पेज ‘सब्सक्राइब’ गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्