
इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले आफ्नै १५ वर्षीय छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ४५ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।
आफूलाई पटक–पटक जबर्जस्ती करणी गरेको पीडितको सूचनाका आधारमा उनका बाबुलाई पक्राउ गरिएको इप्रका, गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिए ।
पछिल्लोपटक पुनः बाबुले जबर्जस्ती करणीको प्रयास गरेपछि बालिकाले आफ्नी फूपूमार्फत् प्रहरीलाई जानकारी गराएको प्रहरी निरीक्षक उपाध्यायले बताए । पक्राउ परेकामाथि थप अनुसन्धान सुरु गरिएको उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्