
आन्तरिक सुरक्षाको जिम्मा नाइकेलाई दिनु, बेलाबखत कैदीबन्दीबीच झडप भइ सांघातिक आक्रमण हुनुजस्ता कारणले अहिले कारागारभित्र सुरक्षा चुनौती बढ्दै गएको हो ।
कारागारभित्र पुसको दोस्रो साता एक कैदीको छुरा प्रहारबाट घाइते भएका राजन बानियाँको उपचारकाक्रममा मृत्यु भएपछि अन्य कैदीबन्दी असुरक्षित र भयभित भएका छन् ।
करागारभित्रको आन्तरिक सुरक्षाको जिम्मा कैदी नाइके, सहनाइके तथा चौकीदारलाई दिएपछि उनीहरुले रकम दिने कैदीलाई केही नगर्ने तर रकम नदिनेलाई कुटपिट गर्ने गरेकाले कारागारभित्र सुरक्षा चुनौती बढ्न गएको एक कैदीको भनाइ छ ।
यसबारेमा प्रमुख जिल्ला अधिकारी तथा कारागार व्यवस्थापन समितिका संयोजक केशवराज घिमिरेसँग जिज्ञासा राख्दा उनले अहिले कारागारको सुरक्षा व्यवस्थाको जिम्मा सशस्त्र प्रहरीलाई दिएको र सुरक्षासम्बधी थप व्यवस्था गर्दै जाने बताए ।
५०० कैदीबन्दी राख्ने क्षमता रहेको सो कारागारभित्र हाल २१० भारतीयसहित एक हजार २२७ कैदीबन्दी छन् । जसमध्ये महिला कैदीको संख्या ८८ छ भने पाँचजना आश्रित बालबालिका छन् ।
त्यसैगरी, एक बंगलादेशी र एक पाकिस्तानी बन्दी छन् ।
कारागारभित्रको गोलघरमा सुरक्षाकर्मीसँगै चेस खेलेर बसिरहेका जेलर चक्रपाणि गौतमसँग सुरक्षा व्यवस्थाबारे जिज्ञासा राख्दा उनले कारागारभित्र रहेका कैदीबन्दीमध्ये त्यस्ता आपराधिक प्रवृत्तिका कैदीलाई निगरानीमा राख्ने काम भइरहेको बताए ।रासस
प्रतिक्रिया दिनुहोस्